आमा सुरक्षा कार्यक्रम (Safe Motherhood Program)

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल सरकारद्वारा सञ्चालित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ। यस कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क तथा सुरक्षित सेवा प्रदान गरिन्छ।


उपलब्ध सेवाहरू (Available Services)

  • निःशुल्क प्रसुती सेवा (Free Delivery Services):

    • सामान्य प्रसुती (Normal Delivery)

    • जटिल प्रसुती सेवा (Complicated Delivery)

    • शल्यक्रियाद्वारा गरिने प्रसुती (Caesarean Section / C-Section)

  • गर्भवती जाँच (ANC Check-up):

    • मापदण्ड अनुसार ४ पटक वा सोभन्दा बढी निःशुल्क गर्भवती स्वास्थ्य जाँच

    • भिडियो एक्सरे (Ultrasound), रगत र पिसाबको आवश्यक निःशुल्क परीक्षण

  • सुत्केरी पश्चात्को जाँच (PNC Check-up):

    • आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा परामर्श

  • यातायात खर्च/प्रोत्साहन रकम:

    • सरकारी नियम अनुसार तोकिएको स्थानमा प्रसुती गराए बापत दिइने यातायात खर्च तथा प्रोत्साहन भत्ता व्यवस्था


सेवा प्राप्त गर्न आवश्यक कागजातहरू

१. गर्भवती परिचयपत्र (ANC Card): तोकिएका ४ पटक स्वास्थ्य जाँच गराएको कार्ड

२. नागरिकताको प्रतिलिपि: आमा/अभिभावकको नागरिकता

३. सम्बन्धित स्थानीय तहको सिफारिस: (आवश्यकता अनुसार)


सेवा सञ्चालन समय (Service Hours)

  • आकस्मिक तथा प्रसुती सेवा (Emergency & Maternity Services): २४ सै घण्टा (24/7 Operations)

  • नियमित गर्भवती जाँच (ANC OPD): ओ.पि.डी. समय (आइतबार देखि शुक्रबार)


सम्पर्क विवरण