सेवा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा पद पूर्ती सम्बन्धी सूचना

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर

उर्लाबारी–३, मंगलबारे, मोरङ  |  अस्पताल व्यवस्थापन समिति

सेवा करारमा पद पूर्ती गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०९

यस अस्पतालको लागि तपसिल बमोजिमको पदमा करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने भएकोले सम्बन्धित पदमा तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८३/०६/२३ गते सम्म) कार्यालय समयभित्र रीतपूर्वक दरखास्त फाराम पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट समेत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३/०६/२३  •  दरखास्त दस्तुरः रू. ५००/–

माग गरिएका पदहरू

विज्ञापन नं. ०२/०८३/८४

रेडियोग्राफर

पाँचौँ तह

माग पद संख्या१ जना
परीक्षाको किसिमलिखित र मौखिक अन्तर्वार्ता
न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा पि.सि.एल उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको ।
विज्ञापन नं. ०३/०८३/८४

अ.हे.व

चौथो तह

माग पद संख्या२ जना
परीक्षाको किसिमलिखित र मौखिक अन्तर्वार्ता
न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको र कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

सेवाका शर्तहरू

सेवाको किसिम

करार

उमेरको हद

दरखास्त दिने मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने ।

तलब तथा सुविधा

अस्पताल व्यवस्थापन समितिको नियम अनुसार हुनेछ ।

दरखास्त दस्तुर

रू. ५००/– (पाँच सय रुपैयाँ), अस्पतालको बिलिङ काउन्टरमा बुझाउनुपर्ने ।

फाराम प्रक्रिया

दस्तुर बुझाएपछि काउन्टर शाखाबाट फाराम लिई, आवश्यक विवरण भरी कागजातसहित प्रशासन शाखामा बुझाउनुपर्ने ।

परीक्षा मिति

दरखास्त बुझाउने म्याद सकिएपछि छुट्टै तोकिनेछ ।

संलग्न गर्नुपर्ने कागजातहरू

  1. व्यक्तिगत विवरण (बायोडाटा)
  2. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो — ३ प्रति
  4. SLC/SEE देखि न्यूनतम शैक्षिक योग्यतासम्मको चारित्रिक प्रमाणपत्र र लब्धांक पत्र (मार्कसिट/ट्रान्सक्रिप्ट)को प्रतिलिपि
  5. सम्बन्धित काउन्सिल दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि (विदेशी योग्यताको हकमा समकक्षता प्रमाणपत्र समेत)
  6. दरखास्त दस्तुर तिरेको सक्कल बिल

सबै कागजात रेकर्ड फाइलमा मिलाई पेश गर्नुपर्नेछ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्त उपर कुनै कारबाही गरिने छैन । अन्य कुराहरू अस्पताल व्यवस्थापन समितिले तोके बमोजिम हुनेछ ।